Logo
Logo

मंगलबारदेखि प्रर्दशन हुन लागेको नाइमा मोबिलिटी एक्स्पोको भव्य तयारी, ५५ अटो ब्रान्ड प्रदर्शन गरिने


189
Shares

काठमाडौँ । साउन २६ गतेदेखि ३१ गतेसम्म नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने नाइमा मोबिलिटी एक्स्पोका लागि हाल प्रदर्शनीस्थल बनाउने काम धमाधम चलिरहेको छ ।

गत वर्षको अटो एक्स्पोको प्रिमियम अनुभवलाई अझ परिष्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाउने घोषणा गरेको नाइमाले स्टल तथा प्रदर्शन केन्द्रलाई सोहीअनुसार भव्य बनाउने जनाएको छ ।
आइतबार प्रदर्शनी स्थलको अवलोकन गर्न नाइमा अध्यक्ष ऋतुसिंह वैद्य स्वयं नै भृकृटीमण्डप पुगेकी थिइन् । सो क्रममा उनले यस वर्षको नाइमा अटो एक्स्पोमा गत वर्षको भन्दा बढी ब्रान्ड सहभागि भएको उल्लेख गर्दै यसलाई भव्य बनाउन लागि परिरहेको बताइन् ।

‘उनले पोलिसी मेकरहरूलाई बोलाएर नीतिबारे पनि गहन छलफल हुने जानकारी दिइन् । नाइमा मोबिलिटी एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने बताइएको छ ।

एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समेटिने र गत वर्षभन्दा यस वर्षको अटो एक्स्पो थप भव्य हुने नाइमाले जनाएको छ ।

नाइमा अटो एक्स्पोमा दुईपाङ्ग्रेतर्फ बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूज, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोसीएक्स मोटरसाइकल लगायत ब्रान्ड रहने नाइमाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्