Logo
Logo

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै


0
Shares

काठमाडौँ । नेपालमा ई-स्पोर्ट्सको बढ्दो क्रेजलाई ध्यानमा राख्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। युवापुस्ता माझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा हुन लागेको यो प्रतियोगिता दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) सञ्चालन हुनेछ।

दुई दिनसम्म चल्ने यस प्रतियोगितामा नेपालभरका उत्कृष्ट पब्जी मोबाइल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएकाले यस प्रतियोगिताले नेपालको प्रतिस्पर्धात्मक ई-स्पोर्ट्स वातावरणलाई थप उचाइ दिने अपेक्षा गरिएको छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

यसअघि क्रिकेट लगायतका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सहकार्य गर्दै आएको एक्सट्रिम इनर्जी ड्रिंकले यसपटक ई-स्पोर्ट्सलाई प्राथमिकतामा राखेको हो। प्रतियोगिताको ग्रान्ड फाइनल नेपाली ई-स्पोर्ट्स प्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्ने र अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्ने सम्भावित प्रतिभाहरूको पहिचान हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्