Logo
Logo

टप एन्ड टी-२० सिरिज : नेपालले एनटी स्ट्राइकविरुद्ध ब्याटिङ गर्दै


0
Shares

काठमाडौं । अस्ट्रेलियामा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपालले नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकसँग पहिले ब्याटिङ गर्ने भएको छ । एनटी स्ट्राइकले टस जितेर पहिला बलिङ रोजेको हो । 

The current image has no alternative text. The file name is: anil.jpg

नेपाल यसपटक नेपाल ए टोलीका साथ मैदानमा उत्रँदै छ, कप्तानमा अनिल शाह छन् । एनटी स्ट्राइकको कप्तानमा डार्शी शर्ट छन् । एनटीको टोलीमा अस्ट्रेलियाका अनुभवी खेलाडी डार्शी शर्टसँगै बिग ब्यास लिगका स्टार खेलाडी जोर्डन सिल्क, टम मेन्जिस, वेस एगर रहेका छन् । 

गत संस्करणमा खेलेकामध्ये डार्शी शर्ट, क्याडेल म्याकमहोन, हामिस मार्टिन, जोर्डन सिल्क, म्याट ह्यामन्ड र टम मेन्जिज यसपटक पनि टोलीमा रहेका छन् । 

नेपालले गत संस्करण पनि एनटी स्ट्राइकसँग खेलेको थियो जहाँ ४२ रनले पराजित भएको थियो । नेपालले लगातार दोस्रोपटक टप एन्ड खेल्न लागेको हो । गत संस्करण पहिलो सहभागिता जनाएको नेपालले यसपटक पनि खेल्न लागेको हो ।

नेपालले प्रतियोगितामा ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्धको खेलले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफूलाई परीक्षण गर्ने अवसर दिनेछ ।

प्रतिक्रिया दिनुहोस्