काठमाडौं । टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ले बङ्गलादेश हाई पर्फमेन्स सामु १०० रनको लक्ष्य दिएको छ ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रनको योगफल तयार पारेको थियो ।
नेपालका कुशल भुर्तेलले सर्वाधिक ४६ रनको योगदान गरे । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे । यसैगरी, विपिन खत्रीले अविजित ११,साहब आलमले ११ र रिजन ढकालले १० रन बनाए ।
बङ्गलादेशका एमडी रुबेलले चार तथा रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले एक९ एक विकेट लिए । नेपाल पहिलो जितको खोजिमा छ । यसअघि टोलीले आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग आठ विकेटको हार बेहोरेको थियो ।














