Logo
Logo

देउवा र खड्काले महाधिवेशन रोक्न दायर गरिएको पूरक निवेदन दर्ता


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् । देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गरेका थिए ।

सर्वोच्च अदालत सो निवेदन दर्ता गरेको हो । देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।

रिटको सुनुवाइ ११ गतेका लागि तोकिए छ । कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएको छ । 

सर्वोच्चले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार रिट दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्