Logo
Logo

विशेष सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत


0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवासम्बन्धी विधेयक सर्वम्मतिले स्वीकृत गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई निर्णयार्थ स्तुस्त गर्दै दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्ताव प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते दिउँसो १ः १५ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्