Logo
Logo

न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले फेरि जनकपुरबाट एनपिएल खेल्ने


0
Shares

काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन्। जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि मंगलबार आफ्नो समाजिक प्लेटफर्मबाट ३५ वर्षे निसमलाई अनुबन्ध गरेको जनाएको छ ।

निसमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोक्रममा उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औषतमा २४७ रन बनाएका थिए । सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपिएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो ।

पहिलो सिजनको एनपिएलमा निसमले जनकपुरबाट खेल्दै ७ विकेट पनि लिएका थिए । जनकपुरबाट ‘क्याप’ खेलाडीको कोटामा खेलेका उनी समर्थकमाझ निकै लोकप्रिय छबि बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्