Logo
Logo

नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण


0
Shares

काठमाडौं । नेपालमा भएको बाढीको सम्झनामा स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले एक मिनेट मौनधारण गरेका छन् । आज बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा खेलअघि खेलाडीले मौनधारण गरेका हुन् ।

The current image has no alternative text. The file name is: fc.jpg

क्लबले समाजकि सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको हो । ‘गत सिजनमा निधन भएका बार्सिलोनाका सदस्यहरूका साथै नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो’ बार्सिलोनाले फोटोसहितको पोस्ट मार्फत यो जानकारी गराएको हो । 

बार्सिलोनाले ला लिगामा यो सिजिनको दोस्रो खेल एथलेटिक क्लबसँग खेलेको हो । खेलमा २–० को जित निकाल्न सफल भयो । राफिन्हाले ३७औँ र फेमिन लोपेजले ८२औँ मिनेटमा गोल गरी टोलीलाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्