Logo
Logo

टप एन्ड सिरिज : नेपाल ‘ए’ भिक्टोरियासँग पराजित


315
Shares

काठमाडौं । नेपाल ‘ए’ अस्ट्रेलिया जारी टप एन्ड सिरिजको अन्तिम खेलमा पराजित भएको छ ।  शनिवार सम्पन्न खेलमा भिक्टोरिया सिए एघारले नेपाल ए लाई एक विकेटले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: cc.jpg

नेपाल ‘ए’ ले दिएको १४३ रनको लक्ष्य पछाएको भिक्टोरियाले २० ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

यसअघि नेपाल ‘ए’ ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्वाधिक अविजित ९० रन बनाएका थिए भने दीपक डुम्रेले १६ रन बनाएका थिए ।

योसँगै टप एन्ड सिरिजमा एडेलेड स्ट्राइकर्स एकेडेमी, बङ्गलादेश एचपी एघार, भिक्टोरिया सिए एघार र न्यूजील्याण्ड ए टिम सेमिफाइनलमा पुगेका छन् । नेपाल ‘ए’ ले ६ खेलमा २ जित हासिल गरेको थियो भने ४ खेलमा हार बेह्रोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्