काठमाडौं । कप्तान सन्दीप लामिछानेले ५ विकेटमा एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो । सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिएका हुन् । ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए ।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए । १४औं ओभरमा सुरुवाती बलिङ थालेका सन्दीपले पहिलो बलमै विकेट लिएका थिए भने चौथो बलमा अर्को विकेट लिए ।
त्यसपछि उनले आफ्नो पाँचौं ओभरमा १ विकेट लिए भने सातौं ओभरमा र आठौं ओभरमा १(१ विकेट लिँदै ५ विकेट पूरा गरे ।














