
काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारलाई असहयोग र चारतिरबाट घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नरहेको बताएका छन् । सोमबार देशवासीबासीको नाममा सम्बोधन गर्दै उनले संसद विघटन आकस्मिक नभएको समेत बताए ।
राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण अहिले अवस्था सिर्जना भएको उनको भना छ । ‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’ प्रधानमन्त्री ओलीले भने । आइतबार प्रतिनिधिसभाको विघटन गरेपछि उनले देशवासीको नाममा सम्बोधन गर्दै स्पष्ट पारेका हुन् ।














