Logo
Logo

साउदी अरेबियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै


252
Shares

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाविरुद्ध खेल्दै छ ।

The current image has no alternative text. The file name is: nepal-vs-saudi.jpg

मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने यस खेलमा साउदी अरेबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।   

नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले र दोस्रो खेल मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ । 

प्रतिक्रिया दिनुहोस्