Logo
Logo

साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य


189
Shares

काठमाडौं । साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुँदै १९० रन बनाएको हो ।

The current image has no alternative text. The file name is: cricket.jpg

साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाएका थिए ।

त्यसैगरी, नेपाली बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए भने ललित राजबंशीले २ तथा शेर मल्ल र गुलशन झाले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्