Logo
Logo

ओलीको कदमविरुद्ध कांग्रेस आन्दोलनमा जाने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ पुस । नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओेलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनका जानुपर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरुले यस्तो धारणा राखेका हुन् ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धारणा राखेका थिए । वरिष्ठ नेता पौडेलले ओेलीको असंवैधानिक कदमसँग कुनै तहको सम्झौता गर्न नहुनेमा जोड दिए । बैठकमा सहभागी नेताहरुले चौतर्फी घेराबन्दी हुँदा ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्