
काठमाडौं, ७ पुस । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली पक्षको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्य थप गरेको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता गरेको पुष्टि गरेका छन् । आयोगमा अधिवक्ता बाबुराम दाहालले सूची दर्ता गराएका हुन् ।














