Logo
Logo

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य


315
Shares

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कपको आफ्नो चौथो खेल हङकङले नेपाललाई २ सय  ६२ रनको लक्ष्य दिएको छ ।  टस जितेर ब्याटिङ रोजेको हङकङले बाबर हायतको नटआउट शतकसहित ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो ।  

नेपाल प्रिमियर कपको सेमिफाइनल पुगिसकेको छ । हङकङलाई सेमिफाइनल पुग्नको लागि आजको खेल जित्नै पर्छ ।नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका हुन् ।  सुरुवाती ३ खेल जित्दै नेपालले अन्तिम चारको यात्रा तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्