Logo
Logo

जेनजीसँगको सहमति कार्यान्वयन गर्न रास्वपा सांसदकाे माग


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले गत वर्ष भदौ २३ गते सडकमा सत्ता माग्न नगएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सुशासनको माग गर्दा युवाले गोली खानु परेको स्मरण गरे ।

‘हामी सडकमा के माग्न गएको थियौँ ? जसको बदलामा हामीले लाठी र गोली खानुप¥यो,’ उनले भने, ‘हाम्रो साथीहरू सुशासनका लागि सडकमा आउँदा बन्दुकको नालको निशानामा परेर ढले । हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन । न त कसैको भाग खोस्न गएका थियौँ ।’

उनले त्यो पीडा सम्झँदा आन्दोलनको माग सही थियो भन्ने चुनावबाट देखिएको बताए । सरकार र जेनजीबीच भएको सहमति अझै कार्यान्वयन नभएको भन्दै उनले कार्यान्वयनको माग गरे ।

यादवले नयाँ जनमतको मानमर्दन हुने गरी अभिव्यक्ति नदिन चेतावनी पनि दिए । ‘बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन र थप अहंकारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्,’ उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्