Logo
Logo

रास्वपा सांसदको प्रश्न- जेनजी दिवसको मञ्चमा विवादास्पद् व्यक्ति कसले ल्यायो ?


504
Shares

काठमाडौं । जेनजी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा राखिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले नै संसद्मा असन्तुष्टि जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद मधुकुमार चौलागाईंले जेनजीहरूको भावना र मर्मविपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएको विषयमा असन्तुष्टि जनाएका हुन् ।

‘हिजो जेनजीहरूको आन्दोलनको विषयमा स्मृति कार्यक्रम आयोजना गरियो,’ उनले भने, ‘त्यो कार्यक्रममा जेनजीहरूको भावना र मर्मविपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो ?’

मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा जेनजी शहीद नेपाल र जेनजी शहीद परिवार कल्याणकारी समितिले ‘जेनजी शहीद स्मृति सभा’ राखेका थिए । प्रमुख अतिथि गृहमन्त्री सुधन गुरुङ थिए । मन्त्रीहरू सोबिता गौतम, महावीर पुन, सुनिल लम्साल, अतिथि थिए ।

जेनजी शहीदका परिवार तथा आफन्तहरू, जेनजी अगुवाहरूको पनि उपस्थिति थियो । शहीद परिवारका आफन्तदेखि जेनजी घाइते, मन्त्रीसम्म उपस्थित रहेको यो स्मृतिसभामा दुई जना विवादित पात्रसमेत अतिथिका रूपमा मञ्चमा थिए । उनीहरू अतिथिकै रूपमा गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्रीसँगै मन्चको अग्रभागमा आसनग्रहण गरेका थिए । यो विषयमा रास्वपाकै सांसद चौलागाईंले प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘त्यो कार्यक्रममा कसको भूमिका थियो ? त्यस्तो विवादास्पद कार्यक्रम आयोजना गर्नका निमित्त ? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्