
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न गर्न सक्यो कि सकेन? भन्दै प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले जेन–जी आन्दोनभावनाअनुसार मुलुक अगाडि बढ नबढेको विषयमा समीक्षा हुन आवश्यक रहेको बताइन्।
सांसद विकले २३ भदौको आन्दोलन जेन–जीहरूको भएपनि २४ भदौमा आन्दोलन हाइज्याक भएको दाबी गरिन्। उनले आन्दोलन कब्जा गरी सयौँ वर्ष लगाएर निर्माण गरिएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको संरचना ध्वस्त पारिएको बताइन्।
मंगलबार सहिद दिवसका दिन माइतीघर मण्डलामा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर हुनुपर्ने बताइन्। उनले नागरिकलाई आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुर्याउने वातावरण किन निर्माण भयो भन्दै प्रश्न गरिन्।
‘जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धीको रक्षा गर्न सक्यो कि सकेन? त्यो ठूलो चुनौतीको विषय बनेको छ। २३ भदौको आन्दोलन साच्चिकै जेन–जीहरुको आन्दोलन थियो। २४ गते जेनजी आन्दोलनलाई हाइज्याक गरियो। र हामीले सयौँ वर्ष लगाएर बनाएका संरचना ध्वस्त बनाएउनले भनिन्, ‘आज किन सहिदका सपना पूरा हुन सकेनन्? २४ गते सिंहदरबार जलाउने को थियो ?’
उनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराए।















