Logo
Logo

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्ने


378
Shares

काठमाडौं । नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएईको सामना गर्ने भएको छ । नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।

The current image has no alternative text. The file name is: cricket-1.jpg

अब फाइनल खेल नेपाली समय अनुसार शनिवार बिहान ७:१५ बजेदेखि  मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ । त्यस्तै तेस्रो स्थानको खेलमा ओमान र हङकङ चाइना पनि शनिवार बिहान खेल्दै छन् ।नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

अब नेपाल र युएईबीचको विजेताले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा भाग लिन पाउने छन् । एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्