
काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी निर्णय गरेको हो ।
बैठकपछि एक नेताले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णय गरेको बताए ।
असोज ३ र ४ गते वडा तहको अधिवेशन गर्ने मिति तोकेको कांग्रेसले १६ देखि १९ असोजसम्म १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ ।















