काठमाडौं । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहीबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ३४-२५ ले पराजित गरेको थियो । श्रीलंकाविरुद्धको जितसँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ । नेपाल अब प्रतियोगिताको सेमिफाइनलमा खेल्नेछ । नेपालले यसअघि चाइनिज ताइपेइसँग हार बेहोरेको थियो भने थाइल्याण्डलाई पराजित गरेको थियो ।














