Logo
Logo

एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्चद्वारा अस्वीकार


252
Shares

काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ ।

The current image has no alternative text. The file name is: Sarbochcha-Adalat.gif

सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रवीन्द्रलाई रिहा गर्न अस्वीकार गरेको हो ।

यस्तै, न्यायाधीश महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सञ्जिवलाई रिहा गर्न अस्वीकार गरेको हो । साथै, अदालतले दुवै मुद्दालाई मिसिल साथमा राखेर नियमानुसार गर्न आदेश दिएको छ ।

गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै रवीन्द्र पत्नी शोभा जोशी र सञ्जिव पत्नी अनिता पाण्डेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्