काठमाडौं । चिरपरिचित बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो ।

आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार प्रारम्भिक विवरणअनुसार पाटेकरलाई गम्भीर हृदयाघात भएको थियो । अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए । तर, कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुख डा. शेखर सालकरले जानकारी दिए ।
उनले भने, ‘४५ मिनेट निरन्तर सिपिआर गर्दा पनि उनलाई पुनर्जीवित गर्न सकिएन । मेडिकल-कानूनी मुद्दा (एमएलसी) दर्ता गरिएको छ र पोस्टमार्टम गरिनेछ।’ पाटेकरको निधनको परिस्थितिबारे परिवारका सदस्य र अधिकारीले विस्तृत जानकारी दिएका छैनन् ।













