काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सुधार देखएिको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परसिूचक १७.१५ अंकले बढेर २ हजार ५९१ अंकमा पुगेको छ । बजारमा सबै समूहगत सूचक बढ्दा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखएिको छ ।

शुक्रबार कारोबार रकममा समेत वृद्धि भएको छ। अघल्लिो दिन ३ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
यस दिन कारोबार भएका कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परविर्तन भएन ।
समूहगत सूचकतर्फ बैंकिङ समूह सबैभन्दा बढी १.२८ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूह ०,९० प्रतशित, जलवद्यिुत् समूह ०.७४ प्रतिशत र विकास बैंक समूह ०.६१ प्रतिशतले उकालो लागेका छन् ।
त्यसैगरी, जीवन बीमा समूह ०.४४ प्रतशित, उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान ०.३७ प्रतिशत तथा फाइनान्स समूह ०.३३ प्रतिशतले बढेका छन् । अन्य समूह ०.२८ प्रतिशत, नर्जिीवन बीमा ०.१८ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत र लगानी समूह ०.१६ प्रतिशतले बढेका छन्।
शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ४।९१ प्रतशितले बढेको छ। सिन्धु विकास बैंकको ४.२२ प्रतशित, सोलु हाइड्रोपावरको ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३।८६ प्रतिशतले मूल्य वृद्ध िभएको छ।
यसको विपरीत, रजिलाइन इनर्जीको सेयर मूल्य ७.८५ प्रतिशतले घटेको छ। महिला लघुवित्तको २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, हिमालयन डस्टिलिरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावर अगाड िरहेका छन्।
समग्रमा नेप्से परसिूचक, कारोबार रकम र सबै समूहगत सूचकमा वृद्धि हुँदा शुक्रबार सेयर बजार सकारात्मक देखएिको छ। विशेषगरी बैंकिङ समूहमा देखएिको सुधार बजारको मुख्य आकर्षण बनेको छ।













