Logo
Logo

विश्वकप लिग-२ सिरिज अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दै


378
Shares

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ ।

The current image has no alternative text. The file name is: nepal-cricket.jpg

ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि शरू हुदैछ । सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको छ । 

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् । 

नेपालले अर्कोखेल अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् । नेपालको हाल ३२ खेलमा २४ अङ्क रहेको छ भने अङ्क तालिकामा सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्