Logo
Logo

क्यानडा विरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै


378
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडा विरुद्ध टस हारेको छ ।

The current image has no alternative text. The file name is: nepal-cricket.jpg

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो ।

लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो महत्त्वपूर्ण छ । यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो ।

ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।

लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अङ्कसहित सातौँ स्थानमा छ भने क्यानडा ३३ खेलबाट २५ अङ्कसहित छैटौँमा छ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी

प्रतिक्रिया दिनुहोस्