Logo
Logo

काँग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी


504
Shares

काठमाडौं। नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य विजयी भएका छन् । शुरुदेखि नै अग्रता हासिल गरेका भण्डारीले ३७३५ मत प्राप्त गर्दै विजयी भएका हुन् भने आचार्यले २३४२ मत प्राप्त गरेका थिए ।

The current image has no alternative text. The file name is: cc.jpg

त्यस्तै गोविन्द भट्टराईले १७५२, सुरेन्द्रराज पाण्डेले १६७३, धनराज गुरुङले १५९६, दीपक गिरीले ९२३, डा। चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

त्यसैगरी समावेशी उपसभापतिमा विनोद चौधरी विजयी भएका छन् । चौधरीले १७४५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिष्पर्धी जीवन परियारले १६५८, फरमुल्लाह मंसुरले ११४४, सीता गुरुङले १११२ र रंजीत कर्णले ५६२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्