Logo
Logo

काठमाडौं उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने


1.3k
Shares

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: nepal-gas.jpg

सङ्घले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा विभिन्न बिक्री केन्द्रबाट वितरणको व्यवस्था मिलाएको जनाएको छ ।

पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको उल्लेख गरेको छ । सङ्घका अनुसार भदौ महिनामा मात्रै ४ लाख २१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री तथा वितरण भएको थियो । 

काठमाडौं उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गए पनि चाडबाडको समयमा केही उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एकअर्काको खाली सिलिन्डर साट्नसमेत समस्या भएको गुनासो आएपछि वितरणको विशेष व्यवस्था मिलाइएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार आजदेखि असोज ३० गते शुक्रवारसम्म तोकिएका स्थानबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गरिनेछ ।

ग्यास वितरणका लागि सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्स, पेप्सीकोलास्थित पेप्सीकोला बिक्री केन्द्र, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि रहेका नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणीका बिक्री केन्द्र तोकिएका छन् । त्यस्तै, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण, हरिसिद्धिमा श्रीराम, चपली बूढानीलकण्ठमा भागु, हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता तथा आरके ट्रेडर्स र सतुङ्गलमा श्रीमाया बिक्री केन्द्रबाट पनि ग्यास वितरण गरिने सङ्घले जनाएको छ ।

सङ्घले तोकिएका बिक्री केन्द्रमा सम्बन्धित ग्यास उद्योगकै सिलिन्डर साट्ने व्यवस्था गरिएको जनाएको छ । अन्य बिक्री केन्द्रमा सिलिन्डर साट्न नपाइने भएकाले उपभोक्तालाई सम्बन्धित उद्योगको सिलिन्डर लिएर मात्र ग्यास खरिद गर्न सङ्घले अनुरोध गरेको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष विद्यान चन्दले उपभोक्तालाई तोकिएको समय र स्थानबाट ग्यास खरिद गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्