Logo
Logo

विश्वासको शिर कहिल्यै झुक्ने दिने छैन : चन्द्र भण्डारी


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि डा.चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: chandra-bhandari.jpg

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन्, ‘तपाईँहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन । सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु ।’

भण्डारी ३७ सय ३५ मत प्राप्त गर्दै १५ औँ महाधिवेशनमार्गत कांग्रेस उपसभापति निर्वाचित बनेका हुन् । महाधिवेशनबाट उपसभापति पदमा भण्डारीसँगै मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्