काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको महामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार ओम बहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रीन, प्रशान्त मान सिंह मास्केलाई पछि पार्दै लामाले जित हासिल गरेका हुन् ।
काँग्रेसको सहमहामन्त्रीमा खुलाबाट रामहरी खतिवडा र अजयबाबु शिवाकोटी, महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही विजयी भएका छन् ।













