Logo
Logo

गृहमन्त्री सुधन गुरुङ आज स्वदेश फर्किँदै


126
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर आज स्वदेश फर्कने भएका छन् । 

The current image has no alternative text. The file name is: sudan.jpg

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मङ्गलवार बैठकलाई सम्बोधन गर्दै गुरुङले आतङ्कवाद र सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका थिए । 

बैठकका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् तयारी र प्रतिकार्यमा सहकार्य बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ । भेटमा गुरुङले नेपालमा हालै आएको बाढी पहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।  गुरुङ सोमबार भारत प्रस्थान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्