Logo
Logo

सुदूरपश्चिमका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा


693
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीले सांसद पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले मंगलबार राजीनामा आएको बताए । तर, सभामुख भण्डारीले स्वीकृत गरेका छैनन् ।

थापाले केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए । मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । उनी लामो समय सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए । उनी एमालेका प्रदेशसभा सदस्य हुन् । सुदूरपश्चिममा नेकपा र एमालेको संयुक्त सरकार छ ।

प्रतिक्रिया दिनुहोस्