Logo
Logo

केनले तोडे मेसीको कीर्तिमान


504
Shares

काठमाडौं । इङ्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर हेरी केनले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका छन् । युरोपेली च्याम्पियन्स लिग फुटबलमा ३० वर्षको उमेरपछि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै केनले मेसीलाई पछि पारेका हुन् ।

The current image has no alternative text. The file name is: ken.jpg

केनले मङ्गलवार नर्वेजियन क्लब भाइकिङविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् । च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत भएको उक्त खेलमा बायर्न म्युनिखले दुई गोलले पछि परेको अवस्था उल्टाए पनि अन्तिम समयमा गोल खाँदा ३–३ को बराबरीमा चित्त बुझाउनुपरेको थियो ।

३३ वर्षीय केनले ३० वर्षको उमेर पार गरेपछि च्याम्पियन्स लिगमा आफ्नो गोल सङ्ख्या ३६ पुर्‍याएका छन् । उनले यो उपलब्धि केवल ४० खेलमा हासिल गरेका हुन् । यसअघि मेसीले ३० वर्षपछि च्याम्पियन्स लिगमा ४८ खेल खेल्दै ३५ गोल गरेका थिए । केनले मेसीभन्दा आठ खेल कम खेलेर एक गोल बढी गरेका छन् । सन् २०२३ मा टोटनहम छाडेर बायर्न पुगेयता उनले जर्मन क्लबको अग्रपंक्तिमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

मेसीलाई पछि पारेपछि केनको नजर अब पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमानतर्फ केन्द्रित भएको छ । च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान रोनाल्डोको नाममा छ । उनले सन् २०१७ जुनदेखि २०१८ अप्रिलसम्म लगातार ११ खेलमा गोल गरेका थिए । केनले भने लगातार नौ खेलमा गोल गर्दै रोनाल्डोको कीर्तिमानसँगको दूरी दुई खेलमा झारेका छन् । यसअघि रोबर्ट लेवान्डोस्की र रुद भान निस्टेलरोयले पनि च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरेका थिए । अब केनले आगामी दुई खेलमा गोल गर्न सके रोनाल्डोको कीर्तिमानसँग पनि बराबरी गर्नेछन् । बायर्नले अक्टोबर २१ मा घरेलु मैदानमा इङ्लिस क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि एट्लेटिको म्याड्रिडसँगको खेलमा पनि केनले गोलको शृंखला कायम राख्ने अवसर पाउनेछन् ।

केनको च्याम्पियन्स लिगमा कुल गोल सङ्ख्या ५७ पुगेको छ । यससँगै उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा पूर्व बायर्न खेलाडी थोमस मुलरसँग संयुक्त रूपमा आठौं स्थानमा छन् । टोटनहमबाट व्यावसायिक फुटबलमा स्थापित भएका केनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि उत्कृष्ट उपलब्धि हासिल गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस्