Logo
Logo

ढाका उद्यमी कल्पना नेकपाको केन्द्रीय सदस्य चयन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ पुस । ढाका उद्यमी तथा समाजसेवी कल्पना योङहाङ लिम्बू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यमा चयन भएकी छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई केन्द्रीय कमिटि सदस्यमा चयन गरेको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हालै साविकको ४४६ जना केन्द्रीय सदस्यहरुमा ५५६ जना सदस्यहरु थपेर १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । पार्टीभित्रको आन्तरिक विवाद समाधानको कुनै उपाय नभएकाले संसद विगठन गर्न बाध्य भएको बताउँदै आएका ओलीले बालुवाटारमा आफू निकट नेताहरुलाई बोलाएर १९७ जना पछि थप्ने गरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
लामो समयदेखि कम्युनिष्ट राजनीतिमा आवद्ध कल्पना केन्द्रीय सदस्यमा चयन भएसँगै पार्टीले आफूमाथि थप जिम्मेवारी दिएको महशुस गरेकी । पछिल्लो समयको राजनीति घटनाक्रमसँगै आफूले पाएको जिम्मेवारीलाई गहन रुपमा लिएको उनले बताइन् । सकेसम्म नेकपा एकजुट हुनुपर्ने उनको धारणा छ ।
सफल महिला उद्यमीका समेत रहेकी कल्पनाले द हाइल्याण्ड आर्ट र कल्पना ढाका बुटिक सञ्चालन गरेर नेपाली ढाकालाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सफल भएकी छन् । पुर्वेली ढाका कपडा प्रवद्र्धनमा कल्पनाको विशेष योगदान रहेको छ ।
राजनीति र आर्थिक विकासलाई सँगै अगाडि बढाउनपर्छ भन्ने मान्यता बोेकेकी कल्पना भन्छिन्, ‘राजनीति एउटा माध्यम हो, जो आर्थिक र सामाजिक विकासका लागि अनिवार्य छ जस्तै छ ।’

प्रतिक्रिया दिनुहोस्