Logo
Logo

२ महिनामा भित्रियाे ४ खर्ब ३६ अर्ब रेमिट्यान्स


315
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउन र भदौमा गरी ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

दुई महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेको छ । यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ जना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्