Logo
Logo

हालान्डले तोडे मेसीको कीर्तिमान


189
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ हालान्ड युईएफए च्याम्पियन्स लिग फुटबलमा ६० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध बुधवार राति दुई गोल गर्दै हालान्डले अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका हुन् ।

The current image has no alternative text. The file name is: haland.jpg

२६ वर्ष ८५ दिनका हालान्डले च्याम्पियन्स लिगमा ६० गोल पूरा गर्दा मेसीले यही उपलब्धि हासिल गर्दा २६ वर्ष ८६ दिनका थिए । हालान्डले एक दिनको अन्तरले मेसीलाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । २६ वर्षीय हालान्डले उमेरका हिसाबले मात्र नभई गोल संख्याको उपलब्धिसम्म पुग्न लागेको खेलका आधारमा पनि मेसीलाई पछि पारेका हुन् । उनले च्याम्पियन्स लिगमा ६० गोल पूरा गर्न ६० खेल खेलेका थिए । मेसीले भने ८० खेलमा उक्त उपलब्धि हासिल गरेका थिए । यससँगै हालान्ड च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो ६० गोल गर्ने खेलाडीसमेत बनेका छन् । 

पीएसजीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी ४–२ गोलले पराजित भएको थियो । सिटीको हारका बीच हालान्डले व्यक्तिगत रूपमा ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । 

च्याम्पियन्स लिगमा गोल गर्ने गति र उमेर दुवैका आधारमा हालान्डले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा ६० गोल पूरा गर्न उनले ६० खेल मात्र खेलेका छन् ।  मेसीले ८० खेलमा उक्त उपलब्धि हासिल गरेका थिए । हालान्डले मेसीभन्दा २० खेल कम खेलेर ६० गोलको आँकडा छोएका हुन् । 

च्याम्पियन्स लिगमा यसअघि पनि उनले कम खेलमा गोलका विभिन्न उपलब्धि हासिल गर्दै आएका थिए । ३०, ४० र ५० गोलको कोसेढुंगा छिटो पार गर्ने खेलाडीको कीर्तिमानसमेत उनको नाममा छ । 

प्रतिक्रिया दिनुहोस्