Logo
Logo

‘रसुवा बाढीसम्बन्धी बीमा दाबी भुक्तानी’ हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्राथमिकतामा


0
Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले रसुवामा आएको बाढीबाट प्रभावित बीमितहरुको बीमा दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

बीमितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले रु. २३ करोड २३ लाख ३९ हजार २०० अग्रिम भुक्तानी गरिएको कम्पनीले जनाएको छ। मोटर, सम्पत्ति, मरिन, इन्जिनियरिङ तथा सामूहिक व्यक्तिगत दुर्घटना बीमालगायतका विभिन्न बीमा विधाअन्तर्गत दाबी परेका छन्। कम्पनीले दाबीहरुको आवश्यक मूल्यांकन तथा प्रक्रियाअनुसार भुक्तानी कार्य अघि बढाउँदै आएको छ।

त्यसैगरी जेनजी आन्दोलनसँग सम्बन्धित २ विवादित दाबीबाहेक अन्य दाबीहरुको भुक्तानी सतप्रतिशत सम्पन्न भएको दाबी विभाग प्रमुख रोजराज लुइँटेलले जानकारी दिए। विवादमा रहेका दाबीहरुको हकमा आवश्यक प्रक्रिया तथा विवादको निरुपणअनुसार थप निर्णय लिइने उनको भनाइ छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स बीमितहरुको दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जानकारी दिएको छ। प्राकृतिक विपद्का कारण प्रभावित बीमितहरुलाई राहत उपलब्ध गराउने उद्देश्यअनुरुप कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्