काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच अर्थात एनटी फाइबर प्रयोगकर्ता ग्राहकहरूका लागि ‘वाइफाई ६’ प्रविधिमा आधारित नयाँ वार्षिक इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार वाइफाई ६ व्यक्तिगत प्याकेज अन्तर्गत वार्षिक इन्टरनेट र टेलिफोन जोड्ने ग्राहकहरूले १०० एमबीपीएसको प्याकेज ११ हजार ४ ९९ रुपैयाँ र १५० एमबीपीएसको प्याकेज १२ हजार ९ ९९ रुपैयाँमा प्राप्त गर्नेछन्। त्यसैगरी २०० एमबीपीएसको प्याकेज १६ हजार ४ ९९ रुपैयाँमा उपलब्ध गराइनेछ। यी वार्षिक ग्राहकहरूलाई थप सुविधा स्वरूप ८०० देखि १००० एमबीसम्म मोबाइल डाटा पनि प्रदान गरिनेछ।
यसका साथै टेलिकमले नयाँ बजेट प्याकेजका रूपमा ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९ ९९ रुपैयाँमा ल्याएको छ। यी सबै प्याकेजहरूको समयावधि १२ महिनाको रहनेछ भने प्याकेज जडान गर्दा लाग्ने ५०० रुपैयाँ जडान शुल्क पूर्ण रूपमा छुट गरिएको छ। नेपाल टेलिकमका यी सम्पूर्ण नयाँ अफरहरू २०८३ साल असोज ३० गतेदेखि लागू हुनेछन्।














