Logo
Logo

क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य


126
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत खेलमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । शनिवार ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको छ।

The current image has no alternative text. The file name is: criccket.jpg

क्यानडाका लागि युवराज समराले १०५ रनको शतकीय पारी खेलेका हुन् । उनले ११७ बलमा ४ छक्का र ११ चौका प्रहार गरे । आरोन जॉनसनले ५३ बलमा ३६, हर्ष ठक्करले ५७ बलमा ३४ र कप्तान हमजा तारिकले २६ बलमा ३० रन जोडे ।

नेपालका तर्फबाट ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ र रोहितकुमार पौडेलले १ विकेट लिएका हुन् ।

यो खेल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाउने दृष्टिले निर्णायक छ । लिग-२ को शीर्ष ६ मा रहेर ओडीआई मान्यता कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले आजको खेल जिते आफ्नो स्थिति बलियो बनाउनेछ । तर, पराजित भएमा ओडीआई मान्यता जोगाउने निर्णय अन्तिम खेलसम्म धकेलिनेछ । त्यस अवस्थामा नेपालले सोमबार घरेलु टोली ओमानलाई हराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्