Logo
Logo

वर्षाले भारत र वेस्ट इन्डिजबीचको पाँचौँ टी-२० रद्ध, सिरिज बराबरीमा टुङ्गियो


252
Shares

काठमाडौं । भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल वर्षाका कारण रद्द भएको छ । भारतको बेङ्गलुरुस्थित एम चिन्नास्वामी रङ्गशालामा लगातार वर्षा भएपछि पाँच खेलको सिरिजको निर्णायक खेल हुन नसकेको हो ।

The current image has no alternative text. The file name is: cricket-1.jpg

वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । वर्षा रोकिएपछि मैदानको उत्कृष्ट पानी निकास व्यवस्थाका कारण खेल नौ ओभरमा झारेर सुरु गरिएको थियो । तर, ७.४ ओभरको खेलपछि पुनः वर्षा भएपछि खेल अघि बढ्न सकेन ।

छोटो अवधिको खेलमा भारतले पाँच विकेट गुमाएर ११८ रन बनाएको थियो । पाँच ओभरको खेल सम्भव भएको भए वेस्ट इन्डिजले डकवर्थ–लुइस–स्टर्न पद्धतिअनुसार ८४ रनको लक्ष्य पाउने थियो । तर, वर्षा नरोकिएपछि खेल रद्द गर्नुपर्‍यो ।

यस नतिजासँगै भारतको घरेलु मैदानमा लगातार १२ टी–२० सिरिज जित्ने क्रम टुङ्गिएको छ । भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज भने भारतले २–१ ले जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्