Logo
Logo

पीएसजी कि बार्सिलोना ? कसको फर्म कस्तो ?


0
Shares

आगामी अक्टोबर २१ मा युरोपेली च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पीएसजी र स्पेनिस क्लब बार्सिलोनाबीच भिडन्त हुँदैछ । दुवै टोली उत्कृष्ट फर्ममा छन् । एकातिर आक्रामक खेल र तीव्र गतिका लागि परिचित पीएसजी छ । अर्कोतिर पासिङ, बलमाथिको नियन्त्रण र टिम गेममा विश्वास गर्ने बार्सिलोना । अब, यो भिडन्तमा कसले मार्ला बाजी ? पीएसजीले घरेलु मैदानको फाइदा उठाउला कि बार्सिलोनाले उसकै घरमा धक्का देला ? आज यसै खेलको विस्तृत चर्चा गरौँ । 

फुटबलप्रेमीहरूको पर्खाइमा रहेको खेलहरूमध्ये एक हो– पीएसजी भर्से बार्सिलोना । युरोपेली च्याम्पियन्स लिगअन्तर्गतको यो खेल यही अक्टोबर २१ मा पीएसजीको घरेलु मैदान ‘पार्क दे प्रिन्स’ मा हुनेछ । अहिले दुवै टोली उत्कृष्ट फर्ममा रहेकाले यो खेल हेर्न फुटबल प्रशंसकहरू निकै उत्सुक छन् । त्यसमाथि पीएसजीका प्रशिक्षक लुइस एनरिके कुनै समय बार्सिलोनाका प्रशिक्षक थिए  । बार्सिलोनालाई राम्ररी चिनेका एनरिके अहिले आफ्नै पुरानो टोलीलाई हराउने रणनीतिमा हुनेछन् । अर्कोतिर बार्सिलोनाका नयाँ प्रशिक्षक हान्सी फ्लिकका लागि पनि पीएसजीको चुनौती पार गर्नु सजिलो हुनेछैन ।

त्यसमाथि दुवै टोलीले च्याम्पियन्स लिगका पछिल्ला खेलहरूमा गोलको वर्षा गरेका छन् ।  पीएसजीको पछिल्लो प्रदर्शन हेर्ने हो भने बार्सिलोनाले उसलाई हल्का रूपमा लिन सक्ने अवस्था छैन । अक्टोबर १४ मा म्यानचेस्टर सिटीलाई ४–२ ले हराएर पीएसजीले आफ्नो शक्ति देखाइसकेको छ । त्यसभन्दा अघि च्याम्पियन्स लिगमै स्लोभान ब्राटिस्लाभालाई ६–१ ले हराएको थियो । अर्थात् पीएसजीको आक्रमण अहिले राम्रो लयमा छ ।

पीएसजीको सबैभन्दा ठूलो शक्ति भनेकै गति हो । बल खोस्नेबित्तिकै विपक्षीको पोस्टतर्फ दौडिने । डिफेन्सलाई सम्हालिने मौका नै नदिने । खाली ठाउँ भेट्नासाथ आक्रमण गर्ने । यही हो पीएसजीको खेल्ने शैली । यस्तो खेलमा विपक्षीको एउटा सानो गल्ती पनि महँगो पर्न सक्छ । देसिरे डुए, उस्मान डेम्बेले र भिटिन्हाजस्ता खेलाडीले आक्रमणमा फरक–फरक तरिकाले खतरा सिर्जना गर्न सक्छन् । पीएसजीको विशेषता नै यही हो । एउटै खेलाडीलाई रोक्दैमा उसको आक्रमण रोकिन्न । कहिले विङबाट आक्रमण हुन्छ । कहिले मिडफिल्डबाट उत्कृष्ट पास निस्कन्छ । कहिले डिफेन्सको पछाडि खाली ठाउँ भेटिन्छ । अनि त्यहीँबाट गोलको अवसर बन्छ ।

पीएसजी आफ्नै मैदानमा खेल्दै छ । घरेलु समर्थकको साथ पनि उसलाई हुनेछ । पछिल्लो जितले टोलीको मनोबलसमेत बढाएको छ । सुरुमै गोल निकाल्न सक्यो भने बार्सिलोनालाई दबाबमा राख्न सक्छ । तर, पीएसजीको कमजोरी पनि यही आक्रामक शैलीभित्र लुकेको छ । म्यानचेस्टर सिटीविरुद्ध पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरे पनि दोस्रो हाफमा दुई गोल खायो । यसले देखाउँछ, पीएसजीलाई लगातार दबाबमा राख्न सकियो भने गोल गर्ने अवसर पाइन्छ । बार्सिलोनाले यही कमजोरी समात्न सक्छ । 

अब बार्सिलोनातिर लागौँ । पीएसजी मात्रै लयमा छ भनेर सोच्नुभयो भने त्यो गलत हुन्छ । बार्सिलोनाले पनि पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको छ । अक्टोबर १३ मा गालातासारायलाई ४–१ ले हराएको बार्सिलोनाले त्यसअघि गेटाफेलाई ३–० र सेभियालाई ३–१ ले पराजित गरेको थियो । च्याम्पियन्स लिगको पहिलो खेलमा फेनोर्डलाई ५–१ ले हराएको बार्सिलोना लगातार गोलको वर्षा गरिरहेको छ । 

बार्सिलोनाको खेल्ने शैली पीएसजीको भन्दा फरक छ । उसले बल आफ्नो नियन्त्रणमा राख्न खोज्छ । छोटा पास खेल्छ । विपक्षीलाई बल खोस्नै दिँदैन । अनि डिफेन्समा सानो खाली ठाउँ भेटेपछि आक्रमणको गति बढाउँछ । लामिन यामाल र राफिनाजस्ता खेलाडीको गति र सिर्जनशीलताले बार्सिलोनाको आक्रमणलाई थप खतरनाक बनाउन सक्छ । यी खेलाडीले बल पाउँदा डिफेन्डरलाई छक्याउन सक्छन् । खाली ठाउँ सिर्जना गर्न सक्छन् । गोलको अवसर बनाउन सक्छन् । पीएसजीले यामाल र राफिनालाई एक्लै छाड्यो भने त्यसको मूल्य चुकाउनुपर्ने हुन सक्छ । विशेषगरी यामाललाई विङमा पर्याप्त ठाउँ मिल्यो भने उनले डिफेन्सलाई लगातार दबाबमा राख्न सक्छन् । राफिनाको गति र आक्रामक खेलले पनि पीएसजीलाई समस्यामा पार्न सक्छ । बार्सिलोनाको अर्को बलियो पक्ष मिडफिल्ड हो । रोड्रि, पेड्री र गाभीजस्ता खेलाडी बल नियन्त्रण र पासिङमा खप्पिस छन् । 

बार्सिलोनाले मिडफिल्डमा पकड जमायो भने पीएसजीलाई हैरान बनाउन सक्छ । यसले पीएसजीको तीव्र आक्रमण गर्ने अवसर कम गर्न सक्छ । तर त्यसका लागि बार्सिलोनाले बल अनावश्यक रूपमा गुमाउनु हुँदैन । पीएसजीले बार्सिलोनाको पासिङ मात्रै होइन, उसका आक्रमणकारी खेलाडीको व्यक्तिगत क्षमतामा पनि ध्यान दिनुपर्नेछ । यामाललाई रोक्न एक जना डिफेन्डर मात्रै पर्याप्त नहुन सक्छ । यता, राफिनालाई ध्यान दिइएन भने झन् ठूलो जोखिमपूर्ण हुनेछ ।

तर बार्सिलोनाले बल नियन्त्रणमा राख्दैमा खेल जितिन्छ भन्ने छैन । पीएसजीले बल खोस्नेबित्तिकै तीव्र प्रत्याक्रमण ग¥यो भने बार्सिलोनाको डिफेन्स ध्वस्त पर्न सक्छ । अगाडिका खेलाडी धेरै माथि पुगे र पछाडिको रक्षापंक्ति खुला रह्यो भने पीएसजीले त्यसको फाइदा उठाउन सक्छ ।

बार्सिलोनाका लागि खेलाडीको फिटनेस पनि महत्त्वपूर्ण हुनेछ । राफिना, फ्रेन्की डी योङ, एरिक गार्सिया, आन्द्रेयास क्रिस्टेन्सेन र रुनी बर्दघजीको इन्जोर छन् । यद्यपी कप्तान राफिना पीएजसीको खेल अघि नै पूर्ण फिट हुने बताइएको छ । यदी, राफिना चोटमुक्त भएर टोलीमा फर्किएनन् भने बार्सिलोनालाई ठूलो धक्का लाग्न सक्छ । 

अब खेलको नतिजा कसरी बदलिन सक्छ भन्ने कुरा पनि बुझौँ । सबैभन्दा पहिले मिडफिल्डको नियन्त्रण महत्त्वपूर्ण हुनेछ । बार्सिलोनाले बल आफ्नो नियन्त्रणमा राखेर खेलको गति निर्धारण गर्न सक्यो भने पीएसजीलाई दौडाइराख्न सक्छ । तर पीएसजीले मिडफिल्डमै बल खोस्दै छिटो आक्रमण ग¥यो भने बार्सिलोना रक्षात्मक दबाबमा पर्न सक्छ ।

अर्को महत्त्वपूर्ण पक्ष डिफेन्सको गल्ती हो । यस्तो स्तरको खेलमा अवसर सधैँ आउँदैन । आएको अवसर सदुपयोग गर्नुपर्छ।  एउटा गलत पास, एउटा कमजोर ट्याकल वा डिफेन्समा एउटा खाली ठाउँले पनि खेलको नतिजा बदल्न सक्छ ।

पहिलो गोलले पनि खेलको दिशा बदल्न सक्छ । पीएसजीले सुरुमै गोल ग¥यो भने बार्सिलोनाले बराबरीका लागि थप खेलाडी अगाडि बढाउनुपर्ने हुन सक्छ । त्यसले पीएसजीलाई प्रत्याक्रमणको अवसर दिन सक्छ । तर बार्सिलोनाले पहिले गोल ग¥यो भने घरेलु मैदानमा पीएसजीमाथि दबाब बढ्न सक्छ । 

प्रशिक्षकको रणनीति पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । लुइस एनरिकेलाई बार्सिलोनाको खेल्ने शैलीबारे राम्रो जानकारी छ । उनी बार्सिलोनाको पासिङ रोक्न र मिडफिल्डमा दबाब सिर्जना गर्न खोज्न सक्छन् । अर्कोतिर हान्सी फ्लिकले पीएसजीको तीव्र आक्रमण रोक्न र डिफेन्सको पछाडि खाली ठाउँ कम गर्नुपर्नेछ । 

अब यी दुई टोलीबीचको पुरानो प्रतिस्पर्धा पनि हेरौँ । पीएसजी र बार्सिलोनाबीचको भिडन्त नयाँ होइन । दुवैले एकअर्कालाई पटक–पटक कठिन चुनौती दिएका छन् । कहिले बार्सिलोना हाबी भएको छ, कहिले पीएसजीले बाजी मारेको छ । सन् २०११ यताका १३ भेटमा बार्सिलोनाले पाँच खेल जितेको छ । पीएसजीले पनि पाँच खेल जितेको छ । बाँकी तीन खेल बराबरीमा सकिएका छन् । यसले के देखाउँछ भने दुवै टोली एकअर्काका लागि कठिन प्रतिद्वन्द्वी हुन् । विगतको नतिजाले आगामी खेलको ग्यारेन्टी गर्दैन ।

अब मुख्य प्रश्नमा फर्कौँ। कसले जित्लारु पछिल्लो फर्म, घरेलु मैदानको फाइदा र म्यानचेस्टर सिटीविरुद्धको प्रदर्शन हेर्दा पीएसजीको आक्रमण प्रभावशाली देखिन्छ । तर बार्सिलोनालाई कमजोर ठान्न मिल्दैन । बार्सिलोना पनि लगातार गोल गरिरहेको छ । उसको पासिङ र आक्रमणले जुनसुकै टोलीलाई समस्यामा पार्न सक्छ ।

पीएसजीले आक्रमणमा गति कायम राख्दै डिफेन्समा गल्ती कम गर्न सक्यो भने जितको सम्भावना बढ्नेछ । बार्सिलोनाले बल नियन्त्रणमा राखेर पीएसजीको तीव्र आक्रमणलाई रोक्न सक्यो भने उसले पनि नतिजा आफ्नो पक्षमा पार्न सक्छ ।

पीएसजीको गति र बार्सिलोनाको पासिङबीचको भिडन्तले नै नतिजाको दिशा तय गर्न सक्छ । एउटा टोलीले आक्रमणको गतिबाट खेल जित्न खोज्नेछ । अर्कोले बल नियन्त्रण र टिम गेमबाट जवाफ दिनेछ । अन्ततः प्रश्न उही हो– पीएसजीले आफ्नै मैदानमा बार्सिलोनालाई रोक्ला कि बार्सिलोनाले पेरिसमै आफ्नो शक्ति देखाउला रु यसको जवाफ मैदानमै मिल्नेछ । 

प्रतिक्रिया दिनुहोस्