Logo
Logo

नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै


0
Shares

काठमाडौं । नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । 

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ । खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११:१५ बजे सुरु हुनेछ। नेपालका लागि यो खेल महत्त्वपूर्ण छ ।

ओमानलाई पराजित गर्नसके नेपालले लिग-२ को शीर्ष ६ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ ।

अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । शृंखलाको पछिल्लो खेलमा क्यानडाविरुद्ध २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो ।

छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले खेल रद्द भएर एक अङ्क पाए पनि नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना छ ।तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यमा मैदान उत्रनेछ ।

नेपालले यसअघि शृंखलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले पराजित गरेको थियो । अब नेपाली टोली सोमबार पनि उत्कृष्ट प्रदर्शन गरेर ओमानविरुद्ध जित दोहोर्‍याउ  चाहन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र ओमानबिच हालसम्म १२ खेल भएका छन् ।  जसमा दुवैले समान ६–६ खेल जितेका छन् । पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्