Logo
Logo

श्रीलङ्काली ब्याटर कमिल मिसारा चितवन राइनोजबाट एनपीएल खेल्ने


126
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले श्रीलङ्काली ब्याटर कमिल मिसारालाई टोलीमा अनुबन्ध गरेको छ ।

The current image has no alternative text. The file name is: misara.jpg

चितवन राइनोजले सामाजिक सञ्जालमार्फत मिसारालाई टोलीमा स्वागत गर्दै एनपीएलको तेस्रो संस्करण लाई अविस्मरणीय बनाउने अपेक्षा व्यक्त गरेको छ । ‘द आइल्यान्ड फ्लेयर मिट्स द राइनो स्पिरिट’ अर्थात् श्रीलङ्काली खेलशैली र चितवनको राइनो स्पिरिट एकै ठाउँमा भन्ने सन्देशसहित टोलीले उनलाई स्वागत गरेको हो ।

मिसारा आक्रामक ब्याटिङका लागि परिचित श्रीलङ्काली क्रिकेटर हुन् । उनले सन् २०२६ मा सम्पन्न लङ्का प्रिमियर लिग (एलपीएलण मा उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा उनले १० खेलमा )इनिङ्स खेल्दै ४११ रन बनाएका थिए । उनको ब्याटिङ औसत ५१.३८ र स्ट्राइक रेट १६५.०६ थियो । प्रतियोगितामा उनले एक शतक र एक अर्धशतक बनाएका थिए । 

एलपीएलमा उनको उच्च स्कोर अविजित १०८ रन थियो । उनले उक्त इनिङ्समा ५५ बल सामना गर्दै १० चौका र ७ छक्का प्रहार गरेका थिए। यस प्रदर्शनले छोटो स्वरूपको क्रिकेटमा तीव्र गतिमा रन बनाउन सक्ने उनको क्षमता देखाउँछ । 

एनपीएलको तेस्रो संस्करण असोज ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुँदै छ । चितवन राइनोजले यस सिजनमा कप्तान कुशल मल्लसहित नेपाली खेलाडी र विदेशी खेलाडीको संयोजनबाट प्रतिस्पर्धा गर्नेछ । टोलीमा जिम्बाब्वेका सिकन्दर राजा, इंग्ल्यान्डका रवि बोपारा र क्यानडाका कलीम सानाजस्ता विदेशी खेलाडी पनि अनुबन्धित छन् ।

प्रतिक्रिया दिनुहोस्