Logo
Logo

एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् बालोन डी’ओर


315
Shares

काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन् । उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन् ।

The current image has no alternative text. The file name is: football-4.jpg

३२ वर्षीया पुटेलासले सन् २०२५-२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन् । त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन् ।

पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा लगातार बालोन डी’ओर जितेकी थिइन् । पछिल्ला ६ वर्षदेखि महिला बालोन डी’ओर स्पेनका खेलाडीले जित्दै आएका छन् । सन् २०१८ मा नर्वेकी आडा हेगरबर्ग र २०१९ मा अमेरिकाकी मेगन रापिनोले यो अवार्ड जितेकी थिइन् ।

सन् २०२२ मा घुँडाको एसीएल चोटका कारण लामो समय मैदानबाहिर रहेकी पुटेलासको यो जितलाई विश्व फुटबलको शीर्ष स्तरमा उनको पुनरागमनका रूपमा हेरिएको छ ।

अवार्ड पाएपछि पुटेलासले विश्वभरका बालबालिकालाई आफूलाई मन पर्ने खेल खेल्न र आफ्नो क्षमतामा विश्वास गर्न आग्रह गरिन् । उनले फुटबल खेल्न केटा वा केटी हुनु, कहाँबाट आएको हुनु वा अरूले के भन्छन् भन्ने कुराले फरक नपर्ने बताइन् ।

फिफा वरीयताका शीर्ष ५० देशका अन्तर्राष्ट्रिय पत्रकारहरूको मतका आधारमा पुटेलासले सर्वाधिक मत प्राप्त गरेकी थिइन् । बार्सिलोनाकी स्ट्राइकर एवा पाजोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खदिजा शा तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्