Logo
Logo

बङ्गलादेशका इमोन र हसनले जनकपुरबाट एनपिएल खेल्ने


189
Shares

काठमाडौं । बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन र सैफ हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।   जनकपुर बोल्ट्सले बुधवार राति सामाजिक सञ्जालमार्फत दुवैलाई टोलीमा स्वागत गर्दै उनीहरूलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

The current image has no alternative text. The file name is: cricket-6.jpg

चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु-१९ विश्वकप जित्दा टोलीका सदस्य थिए। उनले सन् २०२०/२१ को बङ्गबन्धु टी-२० कपमा ४२ बलमै शतक बनाएका थिए। सन् २०२५ मा उनले  संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा पनि शतक प्रहार गरेका थिए ।  

उनले हालसम्म ४० टी-२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। इमोनले यसअघि पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसकेका छन् । एनपिएल उनका लागि दोस्रो विदेशी लिग हुनेछ ।  

यस्तै, ब्याटिङ र बलिङ दुवै गर्न सक्ने सैफले बङ्गलादेशका लागि टेस्ट, एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।सैफले टी-२० अन्तर्राष्ट्रियका ३१ खेलमा ६२९ रन बनाएका छन् । यस क्रममा उनले पाँच अर्धशतक प्रहार गरेका छन् । टी-२० अन्तर्राष्ट्रियमा उनको उच्चतम स्कोर ६९ रन हो । उनले ११६.४८ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा १५ खेल खेलेका उनले ३६९ रन बनाएका छन् । यस प्रारूपमा उनको उच्चतम स्कोर ८० रन छ । टेस्ट क्रिकेटमा भने उनले ६ खेल खेल्दै १५९ रन बनाएका छन् ।

घरेलु क्रिकेटमा पनि सैफको अनुभव छ । उनले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा ३५ खेल खेल्दै ६७० रन बनाएका छन् । टी-२० क्रिकेटका समग्र प्रतियोगितामा उनले ११० खेलमा २ हजार १८३ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्