Logo
Logo

प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक आह्वान


252
Shares

काठमाडौं । सङ्‍घीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ ।

समितिका उपसचिव जगदिश न्यौपानेले सूचनामार्फत जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापाका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान भएको जानकारी दिएका हुन् ।

सूचनामा बैठक कात्तिक १६ गते सोमबार दिनको ३ बजेका लागि बोलाइएको उल्लेख छ । बैठक सार्वजनिक लेखा समितिको सभाकक्ष सङ्‍घीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ ।

थापाका बारेमा समितिमा जापानको स्थायी बसोबास अनुमति पत्र रहेको, परिवारको पनि स्थायी बसोबास अनुमतिपत्र रहेको, जापानमा घर–सम्पत्ति रहेको, त्यहाँको सरकारी निकायबाट तलब बुझेको तथा स्थानीय तहको सल्लाहकार रहेको भन्ने उजुरी परेपछि असोज २८ गते भएको सुनुवाइ होल्डमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्