Logo
Logo

२ अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ


441
Shares

काठमाडौं । दुई अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव छन् ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने/खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई धनुषा प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रूपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको छ । उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्