Logo
Logo

इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन् ।

जनताले व्यवस्था परिवर्तन र सुशासनको अपेक्षासहित बालेन शाहको पक्षमा मतदान गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले शक्तिकेन्द्रलाई समेत प्रभाव पार्न सक्ने बिचौलियाको जालो भत्काउन प्रधानमन्त्री शाह सफल हुन्छन् वा त्यससँग सम्झौता गर्छन् भन्दै प्रश्न गरेका छन् ।

‘शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान् ? त्यो हेर्न बाँकी नै छ,’ थापाले लेखेका छन्।

उनले भनेका छन्, ‘बिचौलिया इनम सापकोटा प्रकरण प्रम बालेन शाहका लागि अग्निपरीक्षा बनेको छ। जनताले व्यवस्था बदल्ने र सुशासन दिने विश्वासका साथ बालेन शाह पक्षमा मतदान गरेका हुन्। शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान्? त्यो हेर्न बाँकी नै छ ।’

प्रतिक्रिया दिनुहोस्