काठमाडौं । शुक्रवार र शनिवार देशका अधिकांश भू-भागमा भएको वर्षा क्रमशः कम हुँदै मौसममा सुधार आउन थालेको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम बिस्तारै घटेको छ । विभागले शनिवार दिउँसो २ बजे सार्वजनिक गरेको विवरणमा भनिएको छ, हाल कोसी, बागमती र मधेस प्रदेशमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको अवस्था छ । देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।
यसअघि पछिल्लो २४ घण्टामा केही स्थानमा भारी वर्षा समेत मापन गरिएको थियो । वर्षाले देशका विभिन्न भागका प्रमुख राजमार्गसमेत अवरुद्ध भएका छन् । अहिले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा रोकिएको छ ।















